विद्यालयहरुको पुननिर्माण अन्तिम चरणमा

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २३

दोलखामा विद्यालयहरुको पुननिर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । २०७२ सालको विनाशकारी महाभुकम्पले क्षति भएका विद्यालयहरु पुर्ननिर्माणको काम पूरा हुन लागेको हो ।
भुकम्पले विद्यालयहरुमा आंशिक वा पुर्णरुपमा क्षति पुगेको थिए । तर भुकम्प गएको ४ बर्ष पुग्दा दोलखाको विद्यालयहरुले पुननिर्माणमा गति लिएको छ । दोलखामा विद्यालयहरु धमाधम पुननिर्माण भईरहेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालयको स्थापना भईसकेपछि आर्थिक बर्ष २०७३÷७४ मा ७३ वटा विद्यालयमध्ये ६७ वटा विद्यालयको पुननिर्माण भईसकेका छन् भने ६ वटाको यहि असार मसान्तसम्म पुननिर्माण हुनेछ ।
त्यसैगरि आर्थिक बर्ष २०७४÷७५ मा ७१ वटा कोटा रहेकोमा दुइ वटा विद्यालयले सम्झौता गरेका थिएनन् । भने ३११ कक्षाकोठा मध्ये विद्यालयको पुननिर्माण हुनुपर्नेमा ९३ वटा कक्षा कोठाको पुर्ननिर्माण सम्पन्न भएको थियो। २१८ पुनिर्माणको चरणमा छन् । आर्थिक बर्ष २०७४÷७५ मा ३९ वटा विद्यालय संख्या रहेकोमा १ सय ४० वटा कोठामध्ये ६ वटाको सम्पन्न भइसकेको छ । निर्माणधिन अबस्थामा भने १सय ३४ कोठा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) दोलखाका इन्जिनियर तथा सुचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार एडिबीले २१ वटा विद्यालयलाई ऋण प्रदान गरि ४ सय९९ कक्षा कोठा मध्ये १सय ३६ कक्षाकोठा पुननिर्माण गरेको छ । ३ सय ६३ वटा कक्षाकोठा पुर्ननिर्माण गरिरहेको छ । ६ वटा विद्यालय भवन निर्माण सम्पन्न गरिसकेको छ । जापान सरकारको अनुदानबाट हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुना विद्यालय बनेको छ । एडिबीकै दोसा्रे चरणको कार्यक्रम डिआरएसपीआइले १२ वटा विद्यालय पुननिर्माण गर्ने लक्ष्य लिएको थियो । १ सय ९० वटा कक्षाकोठा निर्माणधिन अवस्था रहेको छ ।
विभिन्न संघसंस्थाले १ सय २४ विद्यालयसंगै ६ सय ७९ कक्षाकोठाको निर्माणको जिम्मा लिएको थियो । अहिले सम्म ५सय ९५ कक्षाकोठाको निर्माण गरिसेको छ, भने ८४ वटाको निर्माण अवस्था रहेको छ । चिनीया दुताबासको सहयोगमा ३ वटा विद्यालय पुननिर्माण हुने छ । भारतीय सरकारले १० वटाको गरेको थियो । त्यस्तै शौचालय ५७ वटा निर्माण भएका छन् । उनका अनुसार २५ सय १८ कक्षाकोठा मध्ये १३ सय ८६ पुननिर्माण भइसके भने ११ सय ३२ कक्षाकोठा निर्माणधिन रहेका छन् ।
जिल्ला कार्यान्वयन इकाई (शिक्षा)बाट आर्थिक बर्ष २०७५÷७६ मा ४ कोठे २० वटा, ३ कोठे ४ वटा, २ कोठे १२ वटा गरि जम्मा ३६ वटा विद्यालय पुननिर्माण हुनेछ ।त्यसैगरि शौचालय ५५ वटा निर्माण गरिने छ । हाल विद्यालय छनौट भई सम्झौताको चरणमा रहेका छन् । साथै सरकारले ३ वटा विद्यालय र १ सय ५० कक्षाकोठा निर्माण गर्ने छ । डिआरएसपी आइआइले १६ विद्यालयको पुननिर्माण गर्नेछ । २ सय ३१ कक्षाकोठा निर्माण गर्ने छ । भारतीय सरकारले १० वटा विद्यालय पुननिर्माण सँगै २ सय कक्षाकोठा निर्माण गर्ने छ । जम्मा २९ विद्यालय सहित ५ सय ८१ कक्षाकोठा निर्माणका लागि प्रस्ताव गरिएको छ ।

Shares

Be the first to comment on "विद्यालयहरुको पुननिर्माण अन्तिम चरणमा"

Leave a comment

Your email address will not be published.


*