विद्यालयले आफुखुसी रकम असुलेको भन्दै बुझाइयो ध्यानाकर्षण पत्र

दीक्षण समाचार
चरिकोट, भदौ १३
विद्यार्थीबाट विद्यालयहरुले आफुखुसी रकम असुलेको भन्दै भीमेश्वर नगरपालिकाको शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाइएको छ ।
‘ग्रेटसिट’ र ‘ग्रेटलेजर’को शुल्कबापत विद्यालयहरुले एसईई दिएका विद्यार्थीहरुबाट निर्धारित शुल्कभन्दा बढी रकम असुलेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वर नगर समितिले शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको हो । सोमबार समितिका अध्यक्ष राजकुमार भुजेलको नेतृत्वको टोलीले शिक्षा शाखा प्रमुख अर्जुन बहादुर कार्कीलाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण गराएका हुन् ।
बुझाइएको ध्यानाकर्षण पत्रमा प्रमाणपत्र बापत दुई सय ५० रुपैयाँ मात्र शुल्क निर्धारण गरिएकोले विद्यालयहरुले मनोमानी ढँगले शुल्क असुल बन्द गरिदिन शिक्षा शाखालाई अनुरोध गरिएको छ । उक्त ध्यानाकर्षणलाई बेवास्ता गरी तोकिएको भन्दा बढी शुल्क असुल गरेमा कठोर संघर्षमा उत्रने र त्यसको क्षतिको जिम्मेवार सम्बन्धित कार्यालय हुन पर्ने उल्लेख गरिएको छ ।

एसइई दिएका आफ्ना विद्यार्थीबाट विद्यालयले प्रमाणपत्रको नाममा निर्धारित शुल्क र नियमविपरीत रकम उठाउन थालेपछि ध्यानाकर्षण बुझाइएको समितिका अध्यक्ष भुजेलले सुनाउनुभयो । विद्यालयले मनखुशी शुल्क उठाएको गुनासो विद्यार्थीहरुबाट आएको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "विद्यालयले आफुखुसी रकम असुलेको भन्दै बुझाइयो ध्यानाकर्षण पत्र"

Leave a comment

Your email address will not be published.


*