विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

चरिकोट (दीस)ः भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले विद्यालयका कार्यवाहक अध्यक्ष मखन पाण्डेलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । यो कार्यक्रम यूएसएआईडीको सहयोगमा तयार नेपाल परियोजनासँगको सहकार्यमा तथा राष्ट्रिय बहिरा महासंघ नेपालको समन्वयमा आयोजना गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीले शिक्षण सिकाई अभिमुखीकरण कार्यक्रम र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । नगर प्रमुख ईश्वर नारायण मानन्धरले शैक्षिक सामग्रीले विद्यालयको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्दै, विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले थप सहयोग गर्ने बताउनुभयो। यूएसएआईडी तयार नेपाल दोलखाका संयोजक थिर बहादुर थापाले परियोजनाले १० लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो। विद्यालयले शैक्षिक सामग्री आवश्यक रहेको भनी परियोजनालाई अनुरोध गरेपछि नगरपालिकाको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गरिएको उहाँको भनाई रहेको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विकशेन ढकाल लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी, मंगलबार नै भीम कमल फाउन्डेशन मार्फत यस विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका बहिरा विद्यार्थीहरूलाई २५ थान ट्रयाकसुट र टिसट वितरण गरिएको छ। फाउन्डेशनका संरक्षक बिमल श्रेष्ठ, जो हाल अमेरिकामा बस्दै आउनु भएको छ । फाउन्डेशनले महिला नेतृ तथा सामाजिक अभियन्ता मेनुका सुवेदीमार्फत उक्त सामग्री हस्तान्तरण गरेको छ । दोलखाको सदरमुकाम चरिकोटमा रहेको यस विद्यालयले कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ ।

Shares

Be the first to comment on "विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*