विद्यालयमै विद्यार्थीको आँखा र दाँत परीक्षण

दीक्षण समाचार
चरिकोट, साउन ११
दोलखाको विगु गाउँपालिका वडा नंं २ बुलुङ स्थित शारदा माविमा आँखा र दाँत शिविर सम्पन्न भएको छ । कारितास पोल्याण्डको सहयोगमा कारितास नेपालद्धारा मंगलबार विद्यालयमा आयोजित शिविरमा दुई सय ५६ जना विद्यार्थीको आँखा र दाँतको परीक्षण गरिएको छ । बुलुङ स्वास्थ्य चौकीका प्रमुख सरोज आचार्यका अनुसार परीक्षण गरिएका विद्यार्थी मध्ये दाँतको समस्या भएका सात जना र आँखाको समस्या भएका चार जनालाई रेफर गरिएको छ । दुई जनाको दाँत निकालिएको छ । १३ जना विद्यार्थीले चस्मा लगानुपर्ने देखिएपछि आयोजक संस्थाले चस्मा उपलब्ध गराउने भएको छ । बुधबार कालिदेवी प्राविमा शिविर सञ्चालन हुने छ ।


ग्रामीण क्षेत्रका बालबालिकाहरुको दाँत र आँखाको परीक्षणका साथै समस्या पहिचान गरी त्यसको निदान गर्ने उद्धेश्यका साथ शिविर आयोजना गरिएको हो । पढाइसँगै स्वास्थ्यलाई पनि विषेश ख्याल गर्नुपर्ने सन्देश सहित दाँत र आँखामा समस्या भएका बालबालिकालाई उपचारको पहुँचमा ल्याउन शिविर महत्वपूर्ण रहेको आयोजकले जनाएको छ । समस्याको समयमै पहिचान र उपचार गरी विद्यार्थीलाई समस्याबाट मुक्त गराउँदै उनीहरुको पढाइमा प्रगतिका लागि शिविर महत्वपूर्ण मानिएको छ । विद्यालयमै सहज तरिकाले आँखा र दाँतको परीक्षण गर्न पाउँदा खुशी भएका विद्यार्थीहरुले स्वास्थ्य सुरक्षामा विषेश ध्यान दिने र कुनै स्वास्थ्य समस्या आइहालेमा समयमै स्वास्थ्यकर्मी कहाँ जाने बताएका छन् ।

Shares

Be the first to comment on "विद्यालयमै विद्यार्थीको आँखा र दाँत परीक्षण"

Leave a comment

Your email address will not be published.


*