विद्यालयको सुरक्षामा पूर्व विद्यार्थीको सहयोग

दीक्षण समाचार
चरिकोट, २४ असोज
दोलखाका वैतेश्वर गाँपालिका वडा न ८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयमा सिसि क्यामेरा जडान भएका छ । पुर्व बिधार्थीहरुको सक्रियतामा विद्यालयमा सि सि क्यामेरा जोडिएको हो ।
दशै तिहारको अवसरमा आयोजित भाग्यशाली उपहार कार्यक्रमको अवसर पारी घटस्थापनको दिन विद्यालयमा डि भि आर सिसि क्यामेरा जडान गरेको हो । क्षेत्रवती माविका पूर्व विद्यार्थी समेत रहेका चरिकोटका होटल व्यवसायी भरत श्रेष्ठको संयोजकत्वमा सिसि क्यामेरा जडानका लागि पूर्व विद्यार्थीहरुको समिति नै बनेको छ । त्यसमा बैतेश्वर गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश अधिकारी, सुव्वा श्रेष्ठ, शान्ता जिरेल साथै यामाहा सोरुमका राजु केसी ले आर्थिक संकलन गरी सिसि क्यामेरा जडानमा सहयोग गरेका हुन् ।
समयानुकल विद्यालयको सुरक्षा, अनुगमण मूल्याङ्कनमा समेत सहयोग पुग्ने गरी विद्यालयमा सिसि क्यामेरा जोडिएको संयोजक भरत श्रेष्ठले जानकारी दिए । आधुनिक समय विज्ञान र प्रविधिसँग नजिकिदै गइरहेको कारण विधालयमा यसको आवश्यक्तालाई महसुस गरी यो सहयोग गरिएको हो उनले बताए । विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि पहिलो चरणमा क्षेत्रवती माविमा यस्तो व्यवस्था गरेको बैतेश्वर गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रमेश अधिकारीले जानकारी दिए ।

Shares

Be the first to comment on "विद्यालयको सुरक्षामा पूर्व विद्यार्थीको सहयोग"

Leave a comment

Your email address will not be published.


*