विद्यालयका कर्मचारी मृत फेला

गोरखा २८, साउन
गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिनुभयो ।

हरेक दिन विद्यालयको काम सकेर साँझ घर फर्कने गरेका घिमिरे हिजो घर नफर्किएपछि परिवारले खोजी गरेको थियो । अध्यक्ष रेग्मीले भन्नुभयो, “विद्यालयमा सोधीखोजी गर्दा बेलुकी खाना खाएर घर गएको भन्ने जानकारी पाएपछि घरजाने बाटो हुँदै खोज्दै जाँदा सडकमा चप्पल र उहाँले बोकेको प्लाष्टिकको झोला देखेपछि प्रहरीलाई खबर ग¥याँै, प्रहरी आएर जङ्गलतर्फ खोजी गर्दा सडकदेखि करीब १०० मिटर तल मृतावस्थामा शव फेला प¥यो ।”

घिमिरेले बोकेको प्लाष्टिकको झोला, झोलामा रहेका टर्चलाइटलगायतका सामान र एउटा चप्पल भने सडकको किनारामा भेटिएको र मृतकको शव भने झाँडीमा फेला परेको हो । घटनास्थलमा पुगेर मृतकको शवको मुचुल्का गरी परीक्षणको तयारी भइरहको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

मृतक घिमिरेको टाउको र घुँडामा गम्भीर चोट भेटिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । “हत्या हो, होइन भन्नेबारेमा अहिले नै केही पुष्टि भइसकेको छैन”, उहाँले भन्नुभयो, “घटनामा बारेमा थप अनुसन्धान भएपछि मात्र केही भन्न सकिन्छ ।” मृतक घिमिरे उक्त विद्यालयमा कार्यालय सहायकको रुपमा १८ वर्षदेखि काम गर्दै आउनुभएको थियो ।(रासस)

Shares

Be the first to comment on "विद्यालयका कर्मचारी मृत फेला"

Leave a comment

Your email address will not be published.


*