चरिकोट (दीस): दोलखाको भीमेश्वर नगरपालिका–१ स्थित महादेवस्थान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आज विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ। शैलुङ निवासी समाजसेवी सोभित उप्रेतीको पहलमा र नेप्लिज फेसन होम काठमाडौंको सहयोगमा दोलखामा विद्यार्थीहरूले उक्त पोशाक तथा सामग्री पाएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश थामी र प्रधानाध्यापक कला थपलियाले यी सामग्रीहरू सबै विद्यार्थीलाई हस्तान्तरण गरे। यस विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययन हुने र ९५ प्रतिशत सिमान्तकृत थामी तथा ५ प्रतिशत दलित समुदायका विद्यार्थीहरू पढ्दै आएका छन्।
भीमेश्वर नगरपालिकाका वरिष्ठ शाखा अधिकृत विक्रम कार्कीको समन्वयमा उपलब्ध गराइएको सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, र अभिभावकको बाक्लो उपस्थिति थियो। दोलखा जिल्लामा शिक्षा, स्वास्थ्य, र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिएका समाजसेवी सोभित उप्रेतीप्रति प्रधानाध्यापक कला थपलियाले सिमान्तकृत बालबालिकाहरूको शिक्षामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो।
Be the first to comment on "विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण"