विद्यार्थीहरुलाई खेल्कुद तथा शैक्षिक सामग्री वितरण

राजकुमार भुजेल, दोलखा। भिमेश्वर नगरपालिका वडा नं ७ स्थित श्री बिरेन्द्र आधारभुत विधालय उखुबारीका विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ। आइतबार बिधालयका ७० जना विद्यार्थीहरुलाइ सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी निरोज बस्नेतको पहलमा उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेतले शैक्षिक तथा खेलकुदका सामाग्री गर्नुभएको हो। २०१६ सालमा स्थापना भएको बिद्यालयमा एक कार्यक्रमका बीच अध्यक्ष बस्नेतले ले विद्यार्थी हरुलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खत्री ले जानकारी दिनुभयो। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सामाजिक क्षेत्रमा केही गरौँ भन्ने भावनाले आफ्नो व्यक्तिगत खर्चबाट आफुले विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले विद्यार्थीको पठनपाठन समेत हौसला मिल्ने भन्दै आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने बताए। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रघुनाथ कार्की,सामाजिक अभियानता रामदेवी श्रेष्ठ (रानु ),निरज बस्नेत, भगवती शाह , धन बहादुर तामाङ ,उज्यालो भबिस्य दोलखाका सचीव सिर्जना श्रेष्ठ,सदस्य प्रकाश बस्नेत,समाजसेवी राधिका खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "विद्यार्थीहरुलाई खेल्कुद तथा शैक्षिक सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*