विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग

चरिकोट (दीस) ः एमाले निकट अनेरास्वयिुले दोलखामा चल्ने सार्वजनिक यातयातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाआकर्षणपत्र बुझाउदै सो संठगनले सो माग गरेको हो । आइतबार बुझाइएको पत्रमा ७ दिन भित्र माग कार्यान्वयन भनिएको छ । माग पुरा नभएर सो संगठनले चरणबद्ध आन्दोलन गर्ने अनेरास्वयिुका केन्द्रीय सदस्य राजकुमार ढुंगेलले जानकारी दिनु भयो । ‘जिल्ला भित्र संचालनमा रहेका पुर्व अरनिको यातायात, रोल्वालिङ यातायात तथा इलेक्ट्रीकल सावारीसाधनहरुले विद्यार्थीलाई दिदै आएको ४५ छुट नदिई मनलाग्दी भाडादर कायम गरेका छन् , त्यसलाई रोक्नु हामी माग गर्दछौ ’ ढुंगेलले भन्नु भयो, । अरनिको सुपर यातायातले सुपरको भाडा लिने गरेको तर सुविधा सुपरको नरहेकोले सोको अनुगमनको माग गरिएको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग"

Leave a comment

Your email address will not be published.


*