विद्यार्थीलाई पोसाक र स्कुल ब्याग सहित बिभिन्न शैक्षिक समाग्री वितरण

चरिकोट(दीस) –जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ र ७ को ५ विद्यालयका विद्यार्थीलाई पोसाक र स्कुल ब्याग सहित बिभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको छ । जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सीका प्रोपाईटर वडा नम्बर ७ कुप्रिका स्थानीय कुलराज थापा र बिबुध लुईटेलले हरिकृत आधारभूत विद्यालय , कुप्रीडाडा आधारभूत विद्यालय र बिरेन्द्र आधारभुत बिध्यालय र भीमेश्वर ६ स्थित माहाङ्कल आधारभूत विद्यालयका सम्पुर्ण बिध्यार्थीहरुलाइ जाडो समय मा ट्रायाकसुट,स्वयटर ,पन्जा ,मोजा ,टोपि ,स्टेशनरी सहितको स्कुल ब्याग र खाजासेट गरी ७ लाख बराबरको सामाग्री उपलब्ध गराउनु भएको सामाजिक अभियन्ता राजन बस्नेतले जानकारी दिनु भयो । । केहि साता अघि मात्र जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँले भीमेश्वरका २ सामुदायिक बिध्यालयमा १० थान कम्युटर उपलब्ध गराएको थियो । नेपाली कांग्रेस दोलखाका पूर्व कोषाध्यक्ष समेत रहेका कुलराज थापाले यस अघि पनि बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, खाद्यान्न सामग्री तथा लताकपडाहरु उपलब्ध गराउदै आएका अभियन्ता बस्नेतले जानकारी दिए । विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रममा सहभागि जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सीका प्रोपाईटर आगामी दिनमा बालबालिकाको शैक्षिक भविष्य उज्वल र निरन्तरताको लागि छात्रबृत्ति समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । प्रोपाईटर थापाले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको गौरीशङ्कर बालगृह र भीमेश्वर नगरपालिका वडा नम्बर ६ को आमाको माया छात्रावासका बालबालिकाहरुको लागि शैक्षिक सामग्री सहितको स्कूल ब्याग र खाजाको प्याकेट उपलब्ध गराउनु भएको अभियन्ता वस्नेतले बताए । जेम्स ग्रुप एजुकेसन कन्सलटेन्सी विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न बिस्वका बिभिन्न देशहरुमा पठाउने र बिदेशीविद्यार्थीहरुलाइ नेपालमा उच्च शिक्षा अध्ययन गर्न नेपाल भित्र्याउन संस्था मात्र नभयर ,अभिभावक बिहिन, असाहय्,दिन:दुखी ,गरीव ,बिपन्न र जेहेन्दार विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आइरहेको छ ।

Enter

Shares

Be the first to comment on "विद्यार्थीलाई पोसाक र स्कुल ब्याग सहित बिभिन्न शैक्षिक समाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*