विदेशबाट फर्किएका महिलाहरुको लागि व्यवसायीक तालिम

सर्मिला बुढाथोकी
दोलखा÷विशेषगरी वैदेशीक रोजगारीमा जाने मानिसहरुलाई लक्षित गरी चेतना मुलक, सीप मूलक र समाधान मुलक कार्यक्रम सञ्चालन गर्दै आएको पौरखी नेपालले दोलखा जिल्लामा तीन बर्षको अवधिमा घरदैलो कार्यक्रम मार्फत झण्डै २४ हजार महिला बीच चेतनामूलक अभियान पु¥याएको छ ।
सन् २०१६ अप्रिल देखी २०१८ जुलाईसम्म २० हजार एक सय २६ महिला बीच चेतना मुलक अभियान सञ्चालन गरिएको तथा सन् २०१८ सेप्टेम्बर देखि २०१९ मार्चसम्म तीन हजार ४२ महिला बीचे चेतना मूलक अभियान सञ्चालन गरिएको पौरखी नेपाल दोलखाका प्रदीपकुमार कार्कीले बताए ।
त्यसैगरी दुई दिने पूर्व निर्णय तालिममा एक हजार तीन सय १९, आप्रवासन सुचना केन्द्रमा दुई हजार पाँच सय ८५, दक्ष जनशक्ति तालिममा एक सय पाँच र रिफरल सर्भिसमा ५६ जना महिला सहभागि रहेको कार्कीले बताए ।
दक्ष जनशक्ति तालिममा सहभागि एक सय पाँच महिलाहरुलाई पौरखी नेपालले आर्थिक सहयोग समेत गरेको कार्कीको भनाई छ । विदेशबाट फर्किएर आई पौरखि नेपालले सञ्चालन गरेको दक्ष जनशक्ति उत्पादन गर्ने तालिमा सहभागि कतिपय महिलाहरु अहिले कुखुरा पालन लगायतको व्यवसाय सञ्चालन गरेर समेत बसेको कार्कीले बताए ।
बैदेशीक रोजगारीमा जानचाहने तथा गएर फर्किएका महिलाहरुको लागि सञ्चालित बिभिन्न कार्यक्रममा सहभागि महिलाहरुको संख्या हेर्दा लक्ष्य भन्दा सहभागिता धेरै हुने गरेको पौरखी नेपालले जनाएको छ । पौरखी नेपालले स्थानिय प्रशासनसंग समन्वय गरेर विदेश जान पासपोर्ट बनाउन आउने मानिसहरुलाई बिभिन्न जानकारी समेत दिदै आएको र त्यसले बाहिर जान चाहनेहरुको लागि निक्कै फाईदा पुग्ने कार्कीले बताए ।

Shares

Be the first to comment on "विदेशबाट फर्किएका महिलाहरुको लागि व्यवसायीक तालिम"

Leave a comment

Your email address will not be published.


*