वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा तामाकोसी गाउँपालिका पहिलो

नवराज शिवाकोटी, चरिकोट ः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा तामाकोसी गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई हालै बुझाएको प्रतिवेदन अनुसार दोलखाका नौवटा स्थानीयतहरु मध्ये सर्ब भन्दा बढी अंक प्राप्त गरी तामाकोसी गाउँपालिका पहिलो भएको हो ।
आयोगको प्रतिवेदन अनुसार विभिन्न सुचकको आधारमा पूर्णाङ्क सयमा गरिएको मूल्याङ्कनमा तामाकोसी गाउँपालिकाले सबै भन्दा बढी ५६ अंक प्राप्त गरेको छ भने सबै भन्दा कम विगु गाउँपालिकाले ३८ अंक प्राप्त गरेको छ । यसैगरी ५४ अंक प्राप्त गरी कालिञ्चोक गाउँपालिका दोस्रो तथा ५३ अंक प्राप्त गरी भीमेश्वर नगरपालिका तेस्रो भएको छ । गौरिशंकर गाउँपालिका ५२ अंक प्राप्त गरी चौथो, शैलुङ गाउँपालिका ४८ अंक प्रप्त गरी पाचौं तथा जिरी नगरपालिकाले ४५ अंक प्राप्त गरी छैटौं भएको छ । यस्तै बैतेश्वर गाउँपालिका ४४ अंक प्राप्त गरी सातौं र मेलुङ गाउँपालिका ४० अंक प्राप्त गरी आठौं स्थानमा पुगेको छ । निर्धारित समयमैं बजेट प्रस्तुत गर्ने, विद्यार्थी भर्नादर, सुसासन लगायत कुल १७ वटा सूचकहरुका आधारमा एकसय पूर्णाङ्क मा प्रदेश तथा स्थानीयतहहरुको वार्षिक कार्यसम्पादन मूल्याङ्गनगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकार समक्ष सिफारिस गर्ने गर्दछ । आर्थिक वार्ष २०८०–८१ कोलागि आयोगले फागुन २८ गते सरकार समक्ष प्रदेश तथा स्थानीयतहरुको कार्यसम्पादन मूल्याङ्गन तथा वित्तिय समानीकरण अनुदानकालागि सिफारिस गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बताएको छ ।

Shares

Be the first to comment on "वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा तामाकोसी गाउँपालिका पहिलो"

Leave a comment

Your email address will not be published.


*