विगू र कालिञ्चोक गाउँपालिकामा विद्युतीय हाजिरी

दीक्षण समाचार
चरिकोट २५ मंसिर ।
दोलखाको विगू र कालिञ्चोक गाउँपालिकाका कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको छ । विगू गाउँपालिकाले आफ्नो कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको १० महिनापछि विद्यालयमा पनि सुरु गरेको छ । गाउँपालिका भित्रका माध्यामिक विद्यालयहरुमा मंसिर महिनादेखि लागू हुने गरी यस्तो व्यवस्था सुरु गरेको हो ।
गाउँपालिका भित्रका सेवालाई आधुनिक सूचना प्रणालीसँग जोड्नका लागि यस्तो सुरुवात गरेको विगू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । गौरीशंकर मावि, शान्ति आदर्श मावि, सारादा मावि, हिमालय मावि, थम्पु मावि, चित्रे मावि सहित गाउँपालिका भित्रकै १० वटा माविमा डिजिटल हाजिरीको व्यवस्था गरेको हो ।
विद्यालयका शिक्षकहरुका लागि लक्षित गरेर यस्तो सेवा सुरु गरेको उनले जानकारी दिए । माध्यमिक विद्यालयपछि आधारभूत विद्यालय र स्वास्थ्य चौकीहरुमा पनि इहाजिरीको व्यवस्था गर्ने उनले बताए । गाउँपालिका कार्यालयमा १० महिना अघि नै सुरु गरेको यस्तो सेवा एकीकृत सेवा कार्यालय सिंगटीमा पनि यस्तो व्यवस्था गरेको छ । दोलखाको कालिन्चोक गाउँपालीकाको कार्यालयमा विद्युतीय हाजीरी जडान गरिएको छ । कर्मचारीहरु कार्यलय समयमा नआउने तथा कार्यालय समय समाप्त हुनु अघि नै कार्यालय छोड्ने क्रम बढ्दै गए पछि हाजिरी जडान गरिएको गाउँपालिकाको कार्यलयले जनाएको छ ।
कालिञ्चोक गाउँपालिकाको कार्यालयमा पनि विद्युतीय हाजिरी सुरुवात गरिएको छ । गाउँपालिकामा सुशासन कायम राख्न, प्रशासनिक कामकाजलाई चुस्त बनाउन तथा प्रविधि मैत्री बनाउने उद्देश्यका साथ विद्युतिय हाजिरी जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।
एक वर्ष अघि नै विद्युतीय हाजिरी प्रणाली गाउँपालिकाम सुरु गरे तापनि कार्यालय सार्ने कामले रोकिए तापनि यसलाई पुनः सुचारु गरेको उनले बताए । उक्त हाजिरीबाट प्रत्यक कर्मचारीे कार्यालयमा आएको समय र गएको समय हेरी समय समयमा समिक्षा गरिनेछ । यसैगरी गाउँपालीकाको ९ वटै वडा कार्यालयमा विद्युतीय हाजिरी जडान गरिने भएको छ ।
अबको केही दिन भित्रै प्रत्यक वडा कार्यालयमा विद्युतीय हाजिरी जडान गरी सञ्चालनमा ल्याइने कालिन्चोक गाउँपालीकाले जनाएको छ । गाउँपालिका र वडा भित्रको प्रभावकारीताका आधारमा विद्यालय र अन्य कार्यालयमा पनि लागू गरिने उनले जानकारी दिए ।
डिजिटल हाजिरीका कारण कर्मचारी र शिक्षकलाई नियमित बनाउने भएको छ । यस्तो व्यवस्थाले उपस्थिति नै नभई एकैचोटी हाजिर गर्ने र समय चोर्ने दिनको अन्त गर्ने भएको छ । दोलखामा पहिलो पटक माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा ०६८ सालदेखि यस्तो हाजिरीको व्यवस्था गरेको थियो । पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयहरुमा समेत विद्युतीय हाजिरीको व्यवस्था छ ।

Shares

Be the first to comment on "विगू र कालिञ्चोक गाउँपालिकामा विद्युतीय हाजिरी"

Leave a comment

Your email address will not be published.


*