विगु र गौरीशंकर गाउँपालिकामा घुम्ति शिविरमार्फत भत्ता वितरण गरिदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ६
दोलखाको विगु र गौरीशंकर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बापतको पहिलो त्रैमासिक किस्ता घुम्ति शिविरमार्फत उपलब्ध गराइने भएको छ । भत्ता अनियमितता तथा हिनामिना हुन नदिन सरकारले अनिवार्य रुपमा बैँकिङ प्रणाली मार्फत भत्ता वितरण गर्नुपर्ने व्यवस्था गरेपछि यी दुई पालिकाले पनि सो प्रणाली अपनाएको छ । तर अशक्त तथा बृद्धबृद्धाले बैँकमा आउन शाारिरीक तथा भौगोलिक अवस्थाका कारण सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै लाभग्राहीको सहजताको लागि वडातहमै घुम्ति शिविरमार्फत भत्ता दिने निर्णय गरेको हो ।

भत्ता वितरणको लागि पालिकाले सम्भmौता गरेको बैँकका कर्मचारी परिचालन हुने छन् । बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्न गौरीशंकर गाउँपालिका र हिमालयन बैंक लिमिटेड गौरीशंकर शाखाबीच असोज १ गते सम्भmौता भएको हो । यद्यपी एउटा मात्र बैँकमार्फत भत्ता लिन कठिनाई हुने भएकोले भोलिदेखि १५ गतेसम्म ९ वटै वडामा घुम्ति शिविर सञ्चालन गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नविन बस्नेतले बताउनुभयो । वडा नम्बर ५ का लागि हिमालयन बैँकबाटै भत्ता लिन सकिने छ । वडा नम्बर १ मा ७ गते, वडा नम्बर २ मा ८ गते, वडा नम्बर ३ मा ९ गते, वडा नम्बर ६ मा ११ गते, वडा नम्बर ७ मा १२ गते, वडा नम्बर ८ मा १४ गते, वडा नम्बर ९ मा १५ गते भत्ता वितरण शिविर तय गरिएको छ ।

विगु गाउँपालिकाले भत्ता वितरण गरिने दिन वडा कार्यालयका कर्मचारी तथा स्वास्थ्यका कर्मचारीलाई विदामा नबस्न दिदैँ भत्ता वितरण कार्यलाई सहजपूर्ण ढंगबाट सम्पन्न गराउन अनुरोध गरेको छ । गाउँपालिकाबाट प्रदान गरिने प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ताबापतको रकम नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड र विगु गाउँपालिकाको संयुक्त घुम्ति शिविर मार्फत गाउँमै भत्ता वितरण गरिने छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण हरी पौडेलका अनुसार कार्तिक ८ गतेदेखि १५ गतेसम्म भत्ता वितरण गरिनसक्ने लक्ष्य राखिएको हो ।

वडा नम्बर १ का लागि ८ गते वडा कार्यालय भवनमा, वडा नम्बर २ का लागि ९ गते वडा कार्यालय भवनमा, वडा नम्बर ३ का लागि १० गते वडा कार्यालय भवनमा, वडा नम्बर ४ का लागि ११ गते वडा कार्यालय भवनमा घुम्ति शिविर राखिएको छ । वडा नम्बर ५ का लागि १२ गते ढाक्रँेबोटमा बिहान ६ बजेदेखि १० बजेसम्म, सोही दिन सो वडाको खार्ताल आधारभूत स्वास्थ्य इकाई भवनमा १२ बजेदेखि ५ बजेसम्म भत्ता वितरण गरिने बताइएको छ । वडा नम्बर ६ का लागि वडा कार्यालय भवनमा १३ गते, वडा नम्बर ७ का लागि वडा कार्यालय भवन र अम्बाडोल सरस्वती प्राविमा ७ गतेदेखि १४ गतेसम्म, वडा नम्बर ८ का लागि थामीचागु स्वास्थ्य चौकीमा बिहान ६ बजेदेखि ११ बजे र हिमालय प्राविमा बिहान १२ बजेदेखि ४ बजे सम्म १५ गते घुम्ति शिविर आयोजना हुने छ ।

भत्ता पाउनको लागि सम्बन्धित लाभग्राहीले आवश्यक कागजात साथमा लिएर तोकिएको शिविर स्थलमा आउनुपर्ने बताइएको छ । गाउँ तथा टोलमा लगेर भत्ता वितरण गर्दा लाभग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।

Shares

Be the first to comment on "विगु र गौरीशंकर गाउँपालिकामा घुम्ति शिविरमार्फत भत्ता वितरण गरिदैँ"

Leave a comment

Your email address will not be published.


*