विगु गाउँपालिका दुई वटा वडामा खेल प्रतियोगिता हुँदै

दीक्षण दैनिक
चरिकोट, कार्तिक १२
देउढुङ्गा विगु यूवा क्लबको आयोजनामा विगु गाउँपालिका वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कार्तिक १३ र १४ गते वडा नम्बर ७ जिम्थाङमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितमा प्रथम हुने टोलीलाई २० हजार, दोस्रो हुनेलाइ दश हजार, तेस्रो टोलीलाई सात हजार र चौथो हुनेलाई तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने युवा क्लबले जनाएको छ ।
यसैबीच विगु गाउँपालिका –८ स्थित थामीचाँगु देविथान मैदानमा अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडास्तरीय खेलकुद विकास समितिको आयोजना र कल्याणकारी युवा क्ल्वको सहआयोजनामा १६ र १७ गते प्रतियोगिता हुने भएको हो ।
हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा प्रतियोगिता गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष नविन थामीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनलाई १० हजार र चौथो टोलीलाई पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने बताइएको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिका दुई वटा वडामा खेल प्रतियोगिता हुँदै"

Leave a comment

Your email address will not be published.


*