विगु गाउँपालिका अध्यक्षको टोलीद्वारा हिमाल सफल आरोहण

चरिकोट(दीस)ः विगु गाउँपालिका अध्यक्ष सञ्जिव ओली सहितको टोलीले छोपा बामरे हिमालको सफल आरोहण गरेको छ । हालै ओली सहितको नौ सदस्यीय टोलीले हिमाल आरोहण गरेको हो ।
हिमाल आरोहण टोलीमा अध्यक्ष ओली सहित सगरमाथा आरोही लिलाबहादुर बस्नेत, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा लगायत रहेका थिए । डिसेम्बर २८ तारेखको बेलुका बेस क्याम्पबाट आरोहण गरेको टोली डिसेम्बर २९ तारिखको विहान ९ बजेर ४० मिनेट जाँदा हिमालको शिखरमा पुग्न सफल भएको अध्यक्ष संञ्जीव ओलीले जानकारी दिनुभयो । भर्जिन हिमालको रुपमा रहेको छोपा बामरे हिमालको उचाई ६ हजार १ सय ९ मिटर रहेको छ । यो हिमाल विगु गाउँपालिका वडा नम्बर एक लामाबगरको उत्तर पश्चिममा रहेको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिका अध्यक्षको टोलीद्वारा हिमाल सफल आरोहण"

Leave a comment

Your email address will not be published.


*