विगु गाउँपालिकाले करेसा बाली प्रवर्द्धन कार्यक्रम गर्दै

दीक्षण समाचार
चरिकोट, मंसिर ६
दोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले करेसा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि शाखामा चालु आवको स्वीकृत कार्यक्रम अन्तर्गत विपन्न, दलित र महिलालाई लक्षित गरी करेसा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कृषि शाखा अधिकृत उज्वल ध्वज खड्काको अनुसार यो कार्यक्रम गरिनुको मुख्य उद्धेश्य गाउँपालिकाभित्र तरकारी तथा फलफूल खेतीमा किसानको आकर्षण बढाउदैँ व्यावासायिक बन्न उत्प्रेरित गर्नु रहेको छ । “गाउँपालिकामा किसानको उत्पादनलाई बजारीकरणको लागि संकलन केन्द्र स्थापना गरिएको छ । अब किसानले उत्पादनलाई बृद्धि गर्न आवश्यक रहेको छ । आर्थिक अवस्था कमजोर भएका दलित र महिलालाई पनि उत्पादनतर्फ उत्प्रेरित गर्न यो कार्यक्रम गर्न लागिएको हो ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागीहरुले तरकारी तथा फलफूल लगाउन सुरु गरेपछि अनुदान रकम उपलब्ध गराइने छ । यो कार्यक्रम सञ्चालनको लागि पाँच लाख रुपैयाँ बजेट रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी हुनको लागि प्रस्ताव आह्वान गरिएको छ । कृषक, कृषक समूह, कृषि सहकारी, निजि कृषि फर्मले आवश्यक कागजात सहित प्रस्ताव दर्ता गराउन कृषि अधिकृत खड्काले अनुरोध गर्नुभयो । कार्यक्रम संचालन गरिने क्षेत्रफलको लालपूर्जाको प्रतिलिपि र फोटो, कृषक समूह भएमा दर्ता प्रमाण पत्रको प्रतिलिपि, नविकरण नभएमा नविकरण अनिर्वाय गर्नुपर्ने, साझेदारी र कार्य समितिको निर्णयको प्रतिलिपि, कार्यक्रम सञ्चालन सम्बन्धि प्रस्तावना, समान रुपको अनुदान नलिएको भनि खुलाइएको वडाको सिफारिस पत्र समावेश गरी प्रस्ताव दर्ता गराउन सकिने छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकाले करेसा बाली प्रवर्द्धन कार्यक्रम गर्दै"

Leave a comment

Your email address will not be published.


*