विगु गाउँपालिकामा समाबेशीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम

विगु (दीस) –दोलखाको विगु गाउँपालिकामा लैँगिक समानता तथा समाजिक समाबेशीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । तीन दिन चलेको कार्यक्रम पालिकाको वडा नं.१ स्थित गोंगर स्वास्थ्य चौकीको हल, वडा नं.२ को ओराङमा वडा कार्यालयको हलमा र वडा नं.३ स्थित वडा नं.को कार्यालय बुलुङको हलमा चलेको थियो । विगु गाउँपालिका स्तरीय महिला सञ्जालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता सञ्जालकी अध्यक्ष गोमा के.सी.ले गरेकी थिइन । त्यसैगरी कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव देविका थामीले गरेकी थिइन भने जानुका न्यौपानेद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा कूल १०८ जनाको सक्रिय सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा समाबेशीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*