विगु गाउँपालिकामा भिरबाट लडेर एक महिलाको गयो ज्यान

चरिकोट –(दीस) दोलखाको विगु गाउँपालिकामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।मंगलबार विगु गाउँपालिका वडा नं. ७ नागारा की ४७ वर्षीया भगेरी थामीको भीरबाट लडेर ज्यान गएको हो ।
हिजो दिउँसो गोठमा जानेक्रममा लैसिङ भिरबाट लडेर करिब ५०० मिटर तल खस्दा घटनास्थलमा नै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सत्रुधन कुमार महतोले बताउनु भएको छ । मृतक थामीको शवलाई पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा राखिएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा भिरबाट लडेर एक महिलाको गयो ज्यान"

Leave a comment

Your email address will not be published.


*