विगु गाउँपालिकामा भलिबल प्रतियोगिता हुने

चरिकोट, फागुन ४ –दोलखाको विगु गाउँपालिकामा पालिकास्तरीय अन्तर वडा खुल्ला महिला भलिबल प्रतियोतिगा हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसाथ गर्दै आगामी फागुन १४ र १५ गते उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सिंगटी बजारस्थित खोलिखिम चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ । पालिकाका महिला खेलाडीहरुको प्रतिभालाई प्रष्फुटन गराउने र खेलमार्फत् विगुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित गराउने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गरिने भएको हो । प्रतियोगितामा विजेता हुने समुहलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै आकर्षक पुरस्कारले पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पेमादोर्जे थोकरले बताए । गाउँपालिकाले एक सुचना जारी गर्दै प्रत्येक वडाबाट कम्तिमा १ वटा महिला खेलाडीको समुह प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गरेको छ । प्रतियोगितामा सहभागी १ समुहमा ९ जना खेलाडी हुनुपर्ने गाउँपालिकाले जनाएको छ । खेलमा सहभागी हुने समुहले प्रत्येक खेलाडीको नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा भलिबल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*