विगु गाउँपालिकामा बलेरो दुर्घटना हुँदा आज दुई जनाको मृत्यु

चरिकोट  : जिल्लाकाे  विगु गाउँपालिकामा बलेरो दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।स्थानीयका अनुसार पालिकाकाे अाेराङमा भएको दुर्घटनामा परि  चिनिमाया तामाङ र बालमाई तामाङको मृत्यु भएको छ। दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।जगतबाट देउलाङतर्फ जाँदै गरेकाे बा १४ च ८९३४ बोलेरो राईबेटारमा दुर्घटनामा परेकाे हाे । बलेरो सडकबाट ५० मिटर तल खसेकाे स्थानीयले बताएका छन् ।

दुर्घटना बेलुकी सात बजे भएकाे प्रहरीले जनाएको छ ।


Shares

Be the first to comment on "विगु गाउँपालिकामा बलेरो दुर्घटना हुँदा आज दुई जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*