विगु गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

दोलखा — दोलखाको विगु गाउँपालिकाको साँघुरेमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । तामाकोशी नदीमा तिते माछा टिप्न आएका विगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हाे।मंगलबार राति तीते माछा मार्न तामाकोशी नदीमा आएका उनी माथीबाट झरेको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । माछा मार्न उनीसहित ४ जना तामाकोशी नदीमा आए पनि अन्यले भने पहिरो आएपछि भागेर ज्यान जोगाएका थिए ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*