विगु गाउँपालिकामा नगर प्रहरी परिचालन हुने

इश्वर बिश्वकर्मा
चरिकोट, साउन ३२
दोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले जनताको काममा सघाउका लागि आफ्नै प्रहरी परिचालन गर्ने भएको छ ।
पालिकामा शान्ति सुरक्षा र अमन चयन कामय राख्न, विपद् तथा बजार व्यवस्थापन लगायतका कार्यमा सहयोगका लागि नगर प्रहरी परिचालन गर्न लागिएको हो ।
पालिकाको आज्ञामा परिचालित हुने गरी करारमा हवल्दार सरहको दुई जना नगर प्रहरी भर्ती गरिदैछ । यसको आवश्यकता, औचित्यताको विश्लेषणपछि कानुनी प्रावधान अनुसार प्रहरी राख्न लागिएको बताइएको छ ।
तत्कालिन अवस्थामा स्रोतले भ्याउने मात्र नियुक्त गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण हरी पौडेलले बताउनु भयो । उहाँका अनुसार नगर प्रहरीको लागि शारीरिक तन्दुरी परीक्षण गरी अन्तिम नजिता प्रकाशन गरिएको छ । सोमबार अन्तिम अन्तरवार्तापछि अन्य पक्रिया पुरा गरी प्रहरी छनौट गरी नियुक्त गरिने छ ।
आफू मातहतका प्रहरीको सहयोगमा गाउँपालिकाको काम प्रभावकारी बनाउनु प्रमुख उद्देश्य हो । स्रोतसाधनका साथै जनशक्ति पर्याप्त भए काममा निर्भय पूर्वक सफलता प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । भुगोल र जनसंख्यालाई आधार बनाउँदा प्रहरीको संख्या निकै कम हो । सीमित स्रोतका कारण आवश्यकता महशुस भएपनि धेरै संख्यामा प्रहरी भर्ती गराउन सक्ने अवस्था छैन् । प्रहरीको गाउँपालिकाले निर्धारण गरिएको पोसाक लगाउने छन् । उनीहरूको हतियारका रुपमा लौरो मात्र रहने व्यवस्था छ । भर्ती भएका दुई प्रहरीद्धारा सम्पादित कार्य र आवश्यकताको आधारमा थप प्रहरी भर्ती गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा नगर प्रहरी परिचालन हुने"

Leave a comment

Your email address will not be published.


*