विगु गाउँपालिकामा घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने

चरिकोट(दीस) ः विगु गाउँपालिकामा घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घुम्ति शिविर मार्फत वितरण गर्न थालिएको हो ।
विगु गाउँपालिका र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संयुक्त घुम्ति शिविर मार्फत विभिन्न वडाहरुका वडा कार्यालयहरुमा तेस्रो त्रैमासिक को सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको विगु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूजन प्रसाद अधिकारी ले जानकारी दिनुभयो । बैशाख १० गते देखि १८ गते सम्म विभिन्न वडा कार्यालायहरुमा घुम्ति शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने उहाँको भनाई रहेको छ ।
आठवटा वडा रहेको विगु गाउँपालिकामा बैशाख १० गते वडा नम्बर एक, ११ गते दुई ,१२ गते तीन,१३ गते चार, १४ गते पाँच, १५ गते छ, १६ गते सात र १७ गते वडा नम्बर आठ वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने विगु गाउँपालिकाले बताएको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*