विगु गाउँपालिकामा एक वृद्ध मृत फेला

चरिकोट :दोलखाको विगु गाउँपालिकामा एक वृद्ध मृत फेला पर्नु भएको छ । पालिका वडा नम्बर ६ आलम्पुका ७२ वर्षिय सुगजित थामी जंगलमा मृत फेला पर्नु भएको छ । बुधबार  जंगलमा दाउरा खोज्न जानु भएका थामी अवेरसम्म घर नफर्किएपछि स्थानीयले खोजी कार्य सुरु गरेका थिए । खोजी गर्नेक्रममा उहाँको भीडरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा एक वृद्ध मृत फेला"

Leave a comment

Your email address will not be published.


*