वायु सेवा निगमको सुधारका लागि मन्त्री भट्टराईले थाले तयारी

साउन २२ -योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेसंगै नेपाल एयरलाइन्स जस्तो सबैभन्दा ठुलो चुनौती र जिम्मेवारी नै उनको काँधमा आईपुगेको छ । मन्त्री पदको सपथ ग्रहण गरे लगत्तै उनले नेपाल एयरलाईन्स बनाउँने प्रतिबद्धता जनाएका मन्त्री भट्टराईको त्यसको लागि काम पनि थालनी गरिसकेका छन् । नेपाल एयरलाईन्स सुधारका लागि नेपाल वायुसेवा निगम सुधार सुझाब कार्यदल गठन गरेका छन्।

निगमको सुधारका लागि आवश्यक सुझाव लिन उनले कार्यदल गठन गरेका हुन् । मन्त्री भट्टराईले पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेका हुन। जसमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण,व्यवस्थापन विज्ञ प्रकाश पौडेल र क्याप्टेन सुधीर संशेर राई सदस्य छन् भने सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछाने पनि रहेका छन् ।

उक्त कार्यदललाई निगमको बारृेमा हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदन विश्लेषण ,निगमको वर्तमान वित्तिय अवस्थाको अध्ययन , निगमको कानूनी,संगठनात्मक,व्यवस्थापकीय एवं व्यवसायिक क्षमता रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने लगायतका जिम्मेवारी दिईएको छ । साथै सबै पक्षहरुमा गर्नुपर्ने तात्कालिन र दीर्घकालिन सुधारको ठोस कार्ययोजना प्रस्तुत गर्ने र निगम सुधारका लागि कार्यदलले उपयुक्त देखेका सुझावहरु पनि दिन सक्नेछन् ।

Shares

Be the first to comment on "वायु सेवा निगमको सुधारका लागि मन्त्री भट्टराईले थाले तयारी"

Leave a comment

Your email address will not be published.


*