वादविवाद कार्यक्रम सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा युवालाई प्राथमिकता दिएको छ भन्ने विषयमा वादविवाद कार्यक्रम सम्पन्न भएको छ । युवा तन्नेरी चासो दोलखाको आयोजनामा शनिवार भीमेश्वर नगरपालिकाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यता तथा मेलुङ गाउँपालिकाकी उपप्रमुख गायत्री आचार्यको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बजेट निर्माण गर्दा युवाका मुद्धा समेट्न आग्रह गरेको युवा तन्नेरी चासो दोलखाका संयोजक गणेश बुढाथोकीले जानकारी दिनु भयो । बादविवादमा पक्षबाटबाट अङ्कित थामी तथा बन्दिका मुग्राती र विपक्षबाट विमल खड्का र सुधा श्रेष्ठले आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रम समापनको अवसरमा कार्यक्रममा प्रमुख अतिथि तथा विषेश अतिथिले आफ्नो स्थानीयमा भएको युवा लक्षित कार्यक्रमको वारेमा जानकारी दिनु भएको थियो ।

Shares

Be the first to comment on "वादविवाद कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*