वातावरण दिवसको अवसरमा चरिकोट सौन्दर्यकरण अभियान सुरु

चरिकोट (दीस) ः चरिकोट बजार सौन्दर्यकरण अभियान अन्तर्गत नगरपालिकाले सडक रेलिङमा फुल सहितको गमला राख्न सुरु गरेको छ । बुधबार चरिकोटको मानेडाँडा चोकमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले एक समारोहका बीच गमला राख्नु हुदै यो अभियानको थालनी गर्नु भएको हो ।
डिभिजन बन कार्यालयको समन्वयमा वातावरण दिवसको अबसर पारेर उक्त अभियान सूरु गरिएको हो । कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल , नेकपा एकीकृृत सामाजवादीका नेता शिव भण्डारी , विभिन्न सरकारी कार्यालयका प्रमुख , सुरक्षा निकायका प्रतिनिधीलयायतको सहभागिता रहेको थियो । सहरी शासकीय पूर्वाधार कार्यक्रम अन्र्तगत भीमेश्वर नगरपालिकाले यो बर्ष चरिकोट बजार सौंन्दर्यकरण अभियान सञ्चालन गर्दै आएको छ । नगरपालिको वडा नम्बर ३ र ६ को मुख्य चोक सजावटमा नगर केन्द्रित भएको छ । चरिकोट बजारको मुटु मानिने सातदोबाटो चोकमा एक महिना यता मजदुरहरू सडक पेटी निर्माण, वाल प्लास्टर, रङरोगनको काममा ब्यस्त छन् । सातदोबाटो चोकमा व्यवस्थित फुटपाथ, बगैंचा, प्रतिक्षालय, भित्तालाई प्लास्टर गरेर आकर्षक तस्बिर अंकित पेण्टिङ गर्न लागिएको छ । यस कार्यक्रम अन्र्तगत ५१ वटा भन्दा बढी योजनामा ६ करोड ८७ लाख खर्च हुने नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "वातावरण दिवसको अवसरमा चरिकोट सौन्दर्यकरण अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*