वाइसियल नेपालको दोलखामा मार्चपास

चरिकोट (दीस) –नेकपा माओवादी केन्द्रको भात्रृसंगठन वाइसियल नेपाल दोलखाले सदरमुकाम चरिकोटमा शनिबार मार्चपास गरेको छ । जिल्ला नेतृत्व चयन गर्न गरिएको भेलामा सो संगठनले चरिकोटमा मार्चपास गरेको हो । मार्चपासमा वाइसियले चरिकोटमा मोटरसाइकल ¥याली तथा जुलुश सहित बजार परिक्रमा गरेको थियो । मार्चपास पछि सातदोबाटोमा उद्घाटन सत्र भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा कार्की , देबी खडका , प्रदेश संसाद विशाल खडका ,सहित वाइसियल नेपालका नेताले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम वाइसिय नेपाल दोलखाका संयोजक नवराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "वाइसियल नेपालको दोलखामा मार्चपास"

Leave a comment

Your email address will not be published.


*