वाइसिएलको भेला सम्पन्न

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपाल दोलखाको छैटौँ जिल्ला भेला सम्पन्न भएको छ । सम्मेलन विहिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।
भेलाको वाइसियल नेपालका पुर्व केन्द्रीय अध्यक्ष राम प्रसाद सापकोटाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य गंगा कार्की ,देवी खड्का केन्द्रीय सदस्य विशाल खड्का , माओवादी केन्द्रका जिल्ला स्तरीय नेता , वाइसियल केन्द्रीय नेता लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । भेला अगाडी निकालिएको ¥यालीले चरिकोट बजार परिक्रमा गरेको थियो । सम्पन्न भेलाले विनोद लामाको अध्यक्षतामा ३७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको वाईसिएल दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "वाइसिएलको भेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*