वर्षा लाग्यो कि पहिरोको सँधै त्रास

बाबुराम शर्मा
चरिकोट, साउन ४
दोलखाको कालिञ्चोक गाउँपालिका–५ साविकको वडा नम्बर १, २, ३, ४, ५, ६, ८ र ९ बाढी पहिरोको उच्च जोखिममा रहेको छ । वर्षा लाग्योकी कति बेर के हुने हो भन्ने त्रासै त्रासमा बस्नु परेको पहिरोपीडिहरुले गुनासो गरेका छन् ।
लगातारको बर्षाका कारण लापिलाङमा रहेको घट्टेखोलामा रानीवन पहिरोको जोखिम रहेकाले वडाका बन्देउ थली, कात्तिकेलगायत धेरै बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका पीडित कुमार थामीले भन्नु भयो, “गत दुई वर्ष अघि भूकम्प अनुदान समेतमा बनाएको करिब सात लाख लगानीमा बनाएको घर बगायो । घरमा भएको केही झिक्न पाइएन, मानव क्षति मात्र भएन । भएको खेतबारीबारी पनि बगायो । सुकम्वासी बनाएको छ ।”
लापिलाङ बन्देथली गाउँको भीरबाट ठूलो पहिरो खस्दा १७ घरपरिवार विस्थापित भएका थिए । लापिलाङ पहिरो बागमती प्रदेशको मेलम्चीको बाढी पछिको सबैभन्दा ठूलो प्रकोप हो । हालसम्म जिल्लाको कुनै स्थानमा वर्षाका कारण अप्रिय घटना नभएपनि दिनहुँ हुने वर्षाले गर्दा लापिलाङमा भने बाढी र पहिरोको जोखिम बढ्दै गएको छ ।
पीडित सङगीता श्रेष्ठले भन्नु भयो, “भएको खेतबारी सबै बगाइहाल्यो । पहिरोको करिब पाँच मिटर नजिक जोखिममा परेको घर छ । आाज हो कि भोलि भन्ने भइसकेपछि बस्न छाडयौँ । सामान सार्न बाँकी छ । जग्गा छैन, कहाँ सर्ने पत्तो नै छैन । वर्षामा साधै त्राही त्राही भएर बस्नु पर्छ । पहिरोले सुकुम्वासी बनायो ।”
“हिउँदमा खोलामा खासै पानी हुँदैन । बर्खा लागेपछि ठूलो भल आउँछ । माटो ढुङगा बगाएर घर जग्गा तान्ने गर्द छ ।” पीडित दिलबहादुर थामीले भन्नु भयो, “करिब पाँच मिटर टाढा पहिरो छ । वर्षेनी दुरी घटाउँदै छ । भएको घरमा बस्न नसक्ने अवस्था भयो । खेतबारी पुरै लगिाहाल्यो । अब बस्ने बासै नहुने भयो ।”
यो पहिरोले घर बगाएपछि १७ घरपरिवार विस्थापित नै भएका छन् । विस्थापित कोही सदरमुकाम चरीकोट, कोही काठमाडौँ गइसकेका छन् । सय घरधुरी जोखिममा रहेका छन् । हजारौँ रोपनी खेतबारी बगाएर खण्डहर भएको छ । पहिरो हेर्दा आँतेस लाग्ने बनेको छ ।
सानोतिनो लगानीले चियाउनु पर्दैन । पहिरो थाम्न सकिएला जस्तो छैन । विज्ञको सललाह सुझाब अनुसार पहिरो थाक्म्ने कुनै विधि अपनाउनुपर्ने पहिरोपीडितहरुको दुःखेसो रहेको छ ।

Shares

Be the first to comment on "वर्षा लाग्यो कि पहिरोको सँधै त्रास"

Leave a comment

Your email address will not be published.


*