वन पैदावार संकलन गर्न अनुमति

चरिकोट(दीस)ः गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले आयोजना क्षेत्र भित्र ब्यावसायीहरुलाई वन पैदावार संकलन गर्ने अनुमति दिने भएको छ । आयोजनाले आर्थिक वर्ष २०८०÷८१ को लागि तोकिएका वन पैदावारहरु तोकिएको मात्रामा संकलन गर्न अनुमति दिने भएको हो ।
आयोजना क्षेत्र भित्र रहेका समितिहरु अन्तर्गतका वनहरुमा चालु आर्थिक वर्षमा निर्धारित मात्रमा निर्धारित प्रजातिका वन पैदावार संकलनका लागि निवेदन दिन सूचना प्रकाशन गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सार्वजनिक सूचना प्रकाश न गरी जानकारी दिएको छ । कुल ६२ प्रकारका जडिबुटी जन्य वन पैदावार संकलन गर्न अनुमति प्रदान गर्न लागिएको आयोजनाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "वन पैदावार संकलन गर्न अनुमति"

Leave a comment

Your email address will not be published.


*