वन्यजन्तुको अवैध तस्करी नियन्त्रणमा सुरक्षाकर्मीलाई तालिम

सिंगटी, २३ असार
वन्यजन्तुको अवधै ओसार पसार तथा व्यापार नियन्त्रणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सक्रियता बढाएको छ । संरक्षण क्षेत्रबाट अवैध व्यापार निरुत्साहित गर्न स्थानीय र सुरक्षाकर्मीको समेत साथ लिदैं आएको आयोजनाले स्थानीय र सुरक्षाकर्मीहरुलाई छुट्टा छुट्टै तालिम समेत सञ्चालन गरेको छ ।
वन्यजन्तुको अवैध व्यापार रोक्नका लागि शुक्रबार र शनिबार स्थानीय सुरक्षाकर्मीहरु र स्थानीय युवा क्लबलाई तालिम दिएको छ । शुक्रबार सिंगटी र शनिबार गोंगरमा यस्तो तालिम सञ्चालन गरेको हो । अवैध व्यापार तथा ओसार पसारको बारेमा कानुनी पक्षको बारेमा जानकारी गराएको हो ।
अवैध व्यापार रोक्नका लागि स्थानीय र सुरक्षाकर्मीहरुलाई संयुक्त रुपमा परिचालन गर्दा मात्र सफलता हाँसिल हुने भएकाले अहिले संयुक्त रुपमा तालिम सञ्चालक गरेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना सिंगटीका संरक्षण अधिकृत विष्णु पाण्डेले जानकारी दिए । वन्य जन्तुको ओसार पसार, मार्ने, घाइते बनाए वापत हुने दण्ड जरिवानाको बारेमा समेत स्थानीय युवा क्लब र प्रहरीलाई समेत जानकारी गराउँदा सहज हुने उनले बताए ।
सिंगटीमा भएको तालिममा स्थानीय युवा क्लबहरुका साथै इलाका प्रहरी कार्यालय सिंगटी र विगू प्रहरी चौकीका प्रहरीहरुको सहभागिता थियो । त्यसैगरी गोंगरमा भएको तालिममा स्थानीय युवाहरुका साथै सिमा प्रहरी चौकी लामाबगर र रोल्वालिङ प्रहरी चौकीका प्रहरीहरुको सहभागिता रहेको थियो । संरक्षण क्षेत्रले वन्य जन्तुको चोरी तस्करी रोक्नका लागि सुराकी समेत परिचालन गरेको छ ।

Shares

Be the first to comment on "वन्यजन्तुको अवैध तस्करी नियन्त्रणमा सुरक्षाकर्मीलाई तालिम"

Leave a comment

Your email address will not be published.


*