वडा कार्यालय भवन उद्घाटन

ईश्वर दहाल– वैतेश्वर गाउँपालिका वडा नं. ३, मिर्गेकाे वडा कार्यालय भवन उद्घाटन गाउँपालिका प्रमुख छवि लामाकाे प्रमुख अातिथ्यता तथा उपाध्यक्ष रविचन्द्र अाचार्यकाे विशेष अातिथ्यतामा सम्पन्न भएको छ। भवन निर्माण कार्य अा.ब २०७५/७६ मा सुरु गरी अा.ब २०७६/७७ मा गाँउपालिकाकाे ८० लाख ८० हजार अनुदान तथा जनसहभागिता रकम ८ लाख ८६ हजार ६ सय एकानब्बे गरि कुल रकम रु. ८९ लाख ६२ हजार १ सय ६१ रुपैया लागतमा भवन निर्माण कार्य सम्पन्न भएको वडा सचिव अमृत कुमार तमाङले जानकारी दिनुभएको छ। भवन निर्म उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष रविचन्द्र अाचार्य, नेपाली कांग्रेस जिल्ला पार्टी उप-सभापति छविलाल माेक्तान, नेपाली कांग्रेस वैतेश्वर गाउँपालिका पार्टि सभापति राजु उप्रेती, नेपाल कम्युनिस्ट पार्टी वैतेश्वर गाउँपालिका पार्टि सचिव महेश कुमार पाख्रिन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे छ । यस भवन निर्माण संगसंगै वैतेश्वर गाउँपलिकाकका ८ वटा वडा मध्ये ३ वटा वडा कार्यालय पक्की भवन वाट कामकाज सुरुवात भएको छ भने बाकी ५ वटा वडा कार्यालय भवनहरु निर्माणाधिन अवस्थामा रहेका छन जसमध्ये २ नं. वडा कार्यालय केही दिनभित्रै उद्घाटन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम कार्कीले जानकारी दिनुभएको छ। भवन निर्माण पश्चात वैतेश्वर गाउँपालिका वडा नं. ३ का १२ सय ७६ घरधुरी का जनताहरु प्रत्यक्ष लाभान्वित हुनेछन । कार्यक्रम वैतेश्वर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण बहादुर दहालकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

Shares

Be the first to comment on "वडा कार्यालय भवन उद्घाटन"

Leave a comment

Your email address will not be published.


*