वडा अध्यक्ष लामालाई श्रद्धाञ्जली

चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर -७ का वडा अध्यक्ष स्वर्गीय धावा वाङ्गेल लामा ( प्रेम लामा) को सम्झानामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।जिल्ला समन्वय समितिको आयोजनामा बुधबार बिहान जिससको कार्यलयमा श्रद्धाञ्जली सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागी रहेको जिसस प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो। चरिकोटमा भएको सभामा भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी , तामाकोसी गाउँपालिकाका अध्यक्ष ईस्वर चन्द्र पोखरेल ,जनप्रतिनिधी , कर्मचारी तथा अन्य ब्यक्ति उपस्थीती रहेको थियो । कार्यक्रममा स्वर्गीय लामको तस्बिरमा माल्यार्प गर्नुका साथै एक मिनेट मौनधारण गरेका छन्। जिरी नगरपालिकाले पनि आज श्रद्धाञ्जली सभा गरेको छ । नगरप्रमुख टंक जिरेल , उपप्रमुख कृष्ण माया बुढाथोकी तथा अन्य जनप्रतिनिधी , कर्मचारीले श्रद्धाञ्जली दिएका थिए ।

तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित अध्यक्ष लामाको कोरोना संक्रमणबाट सोमबार ललितपुरस्थित किष्ट अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो ३ बजे उहाँको मृत्यु भएको थियो। निमोनियाको लक्षण देखिएपछि थप उपचारका लागि उहाँलाई २१ गते काठमाडौं लगिएको थियो । ५३ वर्षीय लामाको सुरुको दुई दिन चाबाहिल स्थित हेल्पिङह्यान्ड अस्पतालमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नआएपछि २३ मंसिरमा किस्ट मेडिकल कलेजमा भर्ना गरिएको परिवारले जनाएको छ।

Shares

Be the first to comment on "वडा अध्यक्ष लामालाई श्रद्धाञ्जली"

Leave a comment

Your email address will not be published.


*