वडाले विपन्न बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

ambulance

चरिकोट (दीस) ः भीमेश्वर नगरपालिका ५ ले आर्थिक रुपमा विपन्न बिरामीलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने भएको छ । वडाले आर्थिक रुपमा कमजोर व्यक्ति बिरामी भएमा काठमाडौंसम्मको एम्बुलेन्स भाडा उपलब्ध विपन्न बिरामीलाई उपचारको लागि काठमाडौं जानुपर्ने पर्ने भएमा एम्बुलेन्स भाडा बापत ५ हजार रुपैयाँ प्रदान गर्ने वडाध्यक्ष बासु श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार मंगलबार वडा समितिको बैठकले विपन्न पहिचान भएका बिरामीलाई काठमाडौंसम्मको एम्बुलेन्स भाडा प्रदान गर्ने निर्णय भएको छ । आर्थिक अभावकै कारण विपन्न नागरिकलाई उपचार सेवाबाट वञ्चित भई अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "वडाले विपन्न बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने"

Leave a comment

Your email address will not be published.


*