वडामा एक घर, एक करेसा तरकारी बारी

 इश्वर बिश्वकर्मा,  दोलखाको जिरी नरपालिका वडा नं. ३ मा एक घर एक करेसा तरकारी बारी कार्यक्रम सञ्चालन हुने भएको छ । बजारबाट तरकारी किनेर खाने प्रवृत्तिलाई विस्थापित गरि प्रत्येक घरपरिवारको करेसाबारीमा तरकारी फलाउने उद्धेश्यसहित वडामा एक घर एक करेसा तरकारी बारी कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रमको सञ्चालन गर्न चालु आवमा ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष नुर्वु शेर्पाले बताए । ” वडाका धेरै घरधुरीले बजारबाट तरकारी किनेर खाइरहेका छन् ।” उनले भने ” आफ्नै करेसा बारी निर्माण गरी तरकारी उत्पादन गर्ने परिपाटी विकास गराउन कार्यक्रम सञ्चालन हुनेछ।” यो बर्ष वडाका सबै घरधूरीलाई कार्यक्रममा सहभागी गराउन बजेट पर्याप्त नभएकोले केही घरधुरीलाई करेसा बारी निर्माण गरि तरकारी उत्पादन गर्न टनेल वितरण गरिने वडाध्यक्ष शेर्पाले बताए । बाँकी घरधुरीलाई आगामी वर्ष टनेलका साथै अन्य सहयोग गरिने छ । तरकारी उब्जनी कम हुने र धेरै घरपरिवार तरकारीका लागि बजार नै आश्रित हुनुपरेको छ । एक घर एक करेसा तरकारी बारी कार्यक्रमले बजारमा पुगेर तरकारी किन्नुपर्ने अवस्था हट्ने छ । साथै आफ्नै करेसा बारीको प्राङ्गारिक तरकारी खाँदा स्वास्थ्यमा फाइदा पुग्ने छ । साथै समय र पैसाको समेत बचत हुने वडाध्यक्ष शेर्पाले जिकिर गरे ।

Shares

Be the first to comment on "वडामा एक घर, एक करेसा तरकारी बारी"

Leave a comment

Your email address will not be published.


*