वडाध्यक्ष हुँदा दुर्गामायाको आर्शिवाद, अहिले पालिकावासीको साथ

अध्यक्ष हिरा थाेकर फाइल तस्बिर

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३
२०७७ फागुनमा १ सय पाँच बर्षको उमेरमा नागरिकता पाउँदा खुशी भएका दुर्गामाया कार्कीले वडाध्यक्ष हिरा थोकरलाई आर्शिवाद दिनुभयो । जीवनको उत्तरार्धमा नागरिक बन्नुभएका मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङका दुर्गामायाले मुस्कुराउँदै आर्शिवाद दिँदा वडाध्यक्ष थोकरलाई गौरवको अनुभूत भयो । कार्की र उहाँको माइती सँगै वडाध्यक्ष थोकरले जिल्ला प्रशासन कार्यालय आई नागरिकता दिलाउनु भएको थियो। नागरिकता पाएपछि कार्कीले “यसरी नै जनतालाई खुशी बनाउँदै गर्नु“ भनी वडाध्यक्ष थोकरलाई आर्शिवाद दिनुभएको थियो। २०७४ को निर्वाचनमा निर्वाचित भएपछि मेलुङ गाउँपालिका वडा नं. ३ का नागरिकलाई खुशी बनाएका वडाध्यक्ष थोकरले धेरै ’दुर्गामाया’ हरुको आर्शिवाद लिनु भएको छ । उही व्यक्ति जो अहिले पालिका प्रमुखमा विजयी हुनुभएको छ । वडाध्यक्ष बनेर वडाको नागरिकको सेवा गरिरहँदा पालिका प्रमुख भई पूरै पालिकाको सेवक बन्ने उहाँको इच्छा थियो । जुन इच्छा अहिले पूरा भएको छ । शुक्रबार सम्पन्न स्थानीय तहको मतगणनाको नतिजा अनुसार उहाँ पालिका अध्यक्ष निर्वाचित हुनुभएको छ । वडाध्यक्ष छँदै एमाले दोलखाको सचिव बन्नुभएका थोकरले पालिकामा नेतृत्व गर्न चाहेपछि एमालेले उहाँको प्रस्ताव सहर्ष स्वीकार गरी उम्मेदवार बनाएको थियो । थोकर ५ हजार ५७ मत र आचार्य ४ हजार ६ सय १३ मत सहित पालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले आफनो प्रतिद्धन्द्धी एकीकृत समाजवादीका उम्मेदवार रविन्द्र कार्कीलाई पराजित गर्नुभएको हो । पराजय बेहोर्न बाध्य कार्कीले ३ हजार ९ सय ३ मत प्राप्त गनुभएको छ । “पाँच बर्ष वडाका नागरिकको मन जित्ने काम गरी आर्शिवाद लिइयो । अब पालिका भरका नागरिकको सुखदुःखमा साथ दिने र उनीहरूको सेवक बन्ने छु । पालिका प्रमुख थोकरले भन्नुभयो, ”वडाको अनुभव पालिकामा कार्यान्वयन र परिचालन गर्ने छु ।“ वडाध्यक्षका रुपमा पाँच बर्ष काम गर्दा क्षमता विकाससँगै अनुभव आर्जन गर्नु भएका थोकर सोही आधारमा पालिका हाँक्न सक्षम रहेको दाबी गर्नु हुन्छ । उहाँ अहिले आफूलाई निर्वाचित गराउने जनताको घरदैलोमा खुशी साट्न र धन्यावाद ज्ञापनमा व्यस्त हुनुहुन्छ ।
 न्यायकाे पक्षमा बाेल्ने गायत्री अहिले पालिका उपाध्यक्ष

गायत्री अाचार्य
रेडियाेमा हुँदा

१३ वटा भन्दा बढी जिल्लामा उहाँको आवाज सुनिथ्यो । त्यसैले त उहाँ चर्चित हुनुथ्थो । गायत्री आचार्यले जिल्लाकै पहिलो रेडियो कालिञ्चोक एफएममा सदैँव जनताको आवाज र भावना बोल्नुहुन्थ्यो । न्याय र समातामुलक समाज निर्माण हुनुपर्ने उहाँको हरेक रेडियो कार्यक्रमले सन्देश दिन्थे । कहिले महिला त कहिले बालबालिका सबैको आवाज उहाँले आफ्नो कार्यक्रम बुलन्द पार्नुहुन्थ्यो । वर्षेँ देखि समृद्धि र अधिकारको पक्षममा वकालत गर्ने गायत्री आचार्य अहिले मेलुङ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । बोलेर मात्र हुँदैन नेतृत्व तहमा पुगेर आफैले काम गर्नुपर्छ भन्ने हिम्मत र सोचका साथ एमालेबाट उम्मेदवार बन्नुभएका आचार्यले चार हजार ६ सय १३ मत सहित पालिका उपाध्यक्षमा चुनिनु भएको हो । कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएका भक्त बहादुर तमाङले ३ हजार २ सय ४१ मत प्राप्त गरी पराजय बेहोर्नुपरेको छ । उपाध्यक्ष गायत्री आचार्यले पालिकालाई नागरिक समाज र आम सञ्चारमैत्री बनाउने प्रतिबद्धता जनाउनुभएको छ । विगतका अनुभव र क्षमताको आधारमा पालिकालाई नागरिक समाज र सञ्चारमाध्यमलाई विकासको सारथी बनाउने योजना रहेको उहाँले बताउनुभयो । २०७६ बाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका आचार्य पछिल्लो समय कालिञ्चोक एफएममा कार्यरत हुनुहुन्थ्यो । आचार्य अहिले आफ्ना मतदातालाई धन्यवाद दिदैँ हुनुहुन्छ । पालिका अध्यक्ष र उपाध्यक्ष सहित सम्पूर्ण निर्वाचित नयाँ जनप्रतिनिधिले जेठ ६ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

Shares

Be the first to comment on "वडाध्यक्ष हुँदा दुर्गामायाको आर्शिवाद, अहिले पालिकावासीको साथ"

Leave a comment

Your email address will not be published.


*