वडाध्यक्ष पक्राउ

साँकेतिक तस्बिर

सिन्धुपाल्चोक(दीस)ः जुगल गाउँपालिका वडा नम्बर सातका वडाध्यक्ष रवि तामाङ बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका छन् । आइतवार विहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
वडाध्यक्ष रविलाई आइतबार विहान ढाडेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । वडाध्यक्ष तामाङलाई उच्च अदालत पाटन ललितपुरले २०७८ फागुन २० गते बैकिङ कसूर मुद्दामा कैद ३ दिन र ९ लाख ९० हजार जरिवाना सजायँ तोकेकोमा उनी फरार रहेका थिए । फैसला कार्यान्वयन गर्न तामाङलाई जिल्ला अदालत चौतारामा पेश गरिएको प्रहरीले जनाएको

Shares

Be the first to comment on "वडाध्यक्ष पक्राउ"

Leave a comment

Your email address will not be published.


*