वडाध्यक्ष खड्काको अनुरोध

उद्धब बिश्वकर्मा
खारे, जेठ १४
जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना महामारी फैलन थालेपछि यसको ‘चेनब्रेक‘ गर्न भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर यसको पूर्ण रुपमा कायान्वर्यन गराउन प्रशासन तथा जिम्मेवार निकायले तदारुकता नदेखाउँदा र नागरिकको अटेरीपनका कारण समुदायस्तरमा कोरोना भाइरसले विकराल रुप लिएको छ । दोस्रो चरणको निषेधाज्ञाको सूरुवाती दिनहरुमा बजार क्षेत्रमा प्रहरी परिचालन गरी कडाई गरिएता पनि अहिले निषेधाज्ञाको अवज्ञा गर्नेको संख्यामा बृद्धि भएको छ । भने गाउँमा त यो निषेधाज्ञाले कूनै प्रभाव देखाएको छैन् । जनप्रतिनिधि तथा प्रशासनको बिन्ति, निर्देशन स्वीकार्ने हो भने अहिले गाउँदेखि सहर सबै क्षेत्रमा सुनसान हुनुपर्ने हो, तर अवस्था उल्टो छ । नागरिकहरुको लापर्वाही र हेलच्क्रयाइँ देख्दा लाग्छ, कोरोना भन्ने चिज राजधानी काठमाडौँमा मात्र छ । यसरी निषेधाज्ञा पालना गर्न गरिएको प्रशासन, स्वास्थ्यकर्मी तथा जनपं्रतिनिधिको आग्रहलाई नागरिकले वेवास्ता गर्दा कोभिड नियन्त्रण तथा न्युनिकरण गर्न सम्भवन नहुने गौरीशंकर गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष उदय बहादुर खड्काले बताए । उनले भने ‘जिल्ला बाहिरबाट भित्रने व्यक्तिहरुलाई संस्थागत क्वारेन्टाइनमा बस्न भनेपनि उल्टै हामीलाई रिस गर्ने गरेका छन् । उनिहरुलाई नियन्त्रणमा लिन नसक्दा कोरोना वडामा फैलने त्रास बढेको छ ।’ बाहिर जिल्लाबाट भित्रिएका केही ब्यक्तिहरु क्वारेन्टाइनमा बस्न हिचकिचाउने कारणले स्थानीय तह तथा स्वास्थ संस्थाको बिना परामर्श नै आफ्नो घरमा आउने र एकान्तवासमा नबसी अन्य ठाउहरुमा खुल्ला रुपमा हिडडुल गरेको हुँदा यसले गर्दा प्रकोपको नजिक पुगेको वडाध्यक्ष खड्काले बताए । हालसम्म वडा सुरक्षित रहेपनि छिमेकी वडामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यहाँ पनि उच्च सतर्कता र सावधानी नपनाएको खण्डमा कोरोनाले प्रवेश गरि आंतकित पार्ने देखिन्छ । यसबाट बालबालिका, अपाङ्गता भएका व्यक्ति र बृद्धाबृद्ध मात्र होइन्, सबै प्रभावित हुने वडाध्यक्ष खड्काको भनाई रहेको छ । पालिकाको वडा नम्बर ५ स्थिति जनज्योति आधारभुत विद्यालय गुरुम्फिमा ३० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरी जिल्लाबाट पालिका तथा वडा प्रवेश गर्ने नगरिकहरुले निश्चित अवधिभर क्वारेन्टाइनमा बसी कोरोना परीक्षणपछि रिपोर्ट नेगेटिभ आएमा मात्र आफ्नो घर जान पाउने छन् । अन्य जिल्लाबाट फर्किनेहरुलाई क्वारेन्टाइनमा बस्न समेत वडा अध्यक्ष खड्काको सुझाव छ ।

Shares

Be the first to comment on "वडाध्यक्ष खड्काको अनुरोध"

Leave a comment

Your email address will not be published.


*