वडाअध्यक्ष लामाको आज पशूपति आर्यघाटमा अन्तेष्टी

चरिकोट(दीस) –दोलखाको शैलुङ गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष धावा वाङगेल लामा (प्रेम मोक्तान) को आज पशुपति आर्यघाटको बिद्युतिय शव गृहमा अन्तेष्टी गरिएको छ । नेपाली सेनाले परिवारको रोबरमा अन्तेष्टी गरेको छ । बौद्ध धर्मको परम्परा अनुसार उनको अन्तेष्टी गरिएको हो । उनको शबलाई सुचना प्रबिधी तथा संन्चार मन्त्री पार्वत गुरुङले राष्ट्रीय झण्डा ओडाएका थिए भने नेकपाको पाटी झण्डा नेकपाका केन्द्रीय सदस्य पशुपति चौलागाईले ओडाएर सम्मान दिएको नेकपा शैलुङ गाउँपालिका कमिटी सदस्य नेत्र मोक्तानले जानकारी दिए । अन्तेष्टीमा नेकपाका बागमती प्रदेशमा सचिब आनन्द प्रसाद पोखरेल, बागमति प्रदेशका सांसद बिशाल खडका , शैलूङ गाँउपालिकाका अध्यक्ष भरत दुलाल ,नेकपा दोलखाका सचिब गोपाल पाण्डे , नेकपाको नेता शंकर लामा लगायतका नेकपाका नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।
कोरोना संक्रमणले लामा सोमबार मृत्यु भएको छ । कोरोना संक्रमित वडा अध्यक्ष लामाको राजधानीको किस्ट अस्पलातमा उपचारको क्रममा मृत्यु भएको छ ।५३ बर्षिय लामा सुगर र उच्च रक्तचापका विरामी रहेकोे बताईएकोे छ । लामालाई गत २३ गते थप उपचार लागि काठमाडौ रिफर गरिएको सोमबार उपचार क्रममा दिउँसो ३ बजे उनको मृत्यु भएको थियो । उनी नेकपाका दोलखा जिल्ला कमिटी सदस्य समेत रहेका थिए । गत स्थानीय तहको निर्बाचनमा उनले नेकपा एमालेबाट बिजयी भएका थिए । दोलखामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो जनप्रतिनिधी हुन ।

Shares

Be the first to comment on "वडाअध्यक्ष लामाको आज पशूपति आर्यघाटमा अन्तेष्टी"

Leave a comment

Your email address will not be published.


*