वडाअध्यक्षलाई दोलखा प्रहरी प्रमुखद्धारा हातपात गरेको आरोप

चरिकोट –भीमेश्वर नगरपालिका ४ का वडा अध्यक्ष हरिबंश चौलागाईले दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मानबहादुर राईले कुटपिट गरेको आरोप लगाएका छन । विहिबार पत्रकार सम्मेलन गर्दै उनले केही हत्ता अघि सदरमुकाम चरिकोटको पानारमा रिसोर्टको परिसरमा हत्या गरिएका १८ बर्षिय पवन बस्नेतको हत्यारा पत्ता लगाउन प्रहरीले धेरै आलटाल गरेपछि सोधपुछका लागि मृतकका आमा बुबा र स्थानिय लिएर जिल्ला प्रहरी कार्यालय दोलखा पुगेका चौलागाइलाई एक्कासी अपशब्द बोली डिएसपी राईले कुटपिट गरेको बताए ।
पिडित वडा अध्यक्षले आफूमाथि डिएसपी राई हातगरि मुद्धा ओजेलमा पार्न खोजेको बताए । “तेरो सरकारले हामीलाइ के दिएको छ , तँ कसरी चुनाव जितेर आएको छस”मलाई पनि थाहा छ भनेर प्रहरी कार्यकक्षबाट निकालेको अध्यक्ष चौलागाईले बताए । तत्कालिन नेकपा एमालेबाट उम्मेदवार भई अत्याधिक बहुमतलले बिजय भएका चौलागाईलाई एककासी तँ गद्धार होस ,तँ ले कसरी चुनाव जितिस मलाई थाहा छ भन्दै कार्यकक्षबाट बाहिर जान धम्की दिंदै नत्र गल्हताउँछु समेत भने पछि नमानेकोले डिएसपी राइले कुटपिट गरेको बिज्ञप्ती जारी गरि वडा अध्यक्षले बताएका छन ।
जनताको माझ अति निकृष्ट शब्द बोली अनुसन्धानलाई प्रभावित पार्न आउने तँ को होसर ? ,तेरो सरकारले राज्यपूर्न संरचना अनुसार प्रविधि के दियो ? धेरै नबोली जा ,नत्र भाटा हान्छु भन्दै हातपात गर्ने अपराधिलाई डिएसपीलाई कानुनी कावार्ही गर्न वडा अध्यक्षले सरकारसंग माग गरेका छन ।

Shares

Be the first to comment on "वडाअध्यक्षलाई दोलखा प्रहरी प्रमुखद्धारा हातपात गरेको आरोप"

Leave a comment

Your email address will not be published.


*