वक्तृत्वकलाको प्रथम मेलिसा ढुंगेल

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा भएको “राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप ”विषयक वक्तृत्वकला प्रतियोगितामा मेलिसा ढुंगेल प्रथम हुनु भएको छ। जिरीमा रहेको शहिद स्मृति आवासीय मावि जिरीमा अध्यनरत छात्रा मेलिसा ढुंगेलले प्रथम हुँदै नगद पुरस्कार ३० हजार र प्रमाणपत्र पाउनु भएको छ । उहाँलाई दोलखाली “स्पीकर घोषणा” गरिएको छ । त्यसैगरी प्रतियोगितामा जनज्योति मावि कालिञ्चोक गाउँपालिकाकी सविना थामी दोस्रो र भीमेश्वर नगरपालिकाकी विपना नेपाली तृतिय हुनु भएको छ । दोस्रो हुनु भएको थामीले नगद पुरस्कार बीस हजार र प्रमाणपत्र र तुतिय हुनु भएको नेपालीले नगद पुरस्कार दश हजार र प्रमाणपत्र पाउनु भएको छ ।
प्रतियोगिता दोलखाली समाज दक्षिण कोरियाको आयोजनामा भएको हो । चरिकोट स्थीत कालिञ्चोक माविमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकास्थित पशुपति कन्या मावि, जिरी नगरपालिकास्थित सहिद स्मृति आवाशीय मावि, वैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर मावि, मेलुङ गाउँपालिकास्थित सत्यश्वर मावि, कालिञ्चोक गाउँपालिकास्थित जनज्योति मावि, तामाकोशी गाउँपालिकास्थित कालिका मावि र गौरीशंकर गाउँपालिकास्थित भुमेगुम्बा माविका गरी ७ जना सहभागी भएका थिए। समाजमा कार्यवाहक अध्यक्ष अवि थापाको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाबाट निर्वाचित संघिय सांसद गंगा कार्की बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, कालिञ्चोक माविका प्रधानाध्यापक शम्भु गौतम र शिक्षा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दोलखाली समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष सरोज केसी र दीपेन्द्र अधिकारीको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "वक्तृत्वकलाको प्रथम मेलिसा ढुंगेल"

Leave a comment

Your email address will not be published.


*