ल्होछार मनाउन तीन दिन सार्वजनिक बिदा

इश्वर बिश्वकर्मा
चरिकोट, माघ २५
दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायको सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्व हर्षोल्लासका साथ मनाउन एक सुचना जारी गर्दै पालिकाले सार्वजनिक बिदा दिइने निर्णय भएको जनाएको छ । तामाङ जातिको बाहुल्य क्षेत्र शैलुङ गाउँपालिकामा आगामी २९ माघ देखि १ फागुनसम्मका लागि पालिका अन्र्तगतका सम्पुर्ण कार्यालय र शैक्षिक संस्थालाई बिदा दिने निर्णय भएको सुचनामा उल्लेख छ । तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ल्हो को अर्थ वर्ष र सारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रो अनुसार माघ शुल्क प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ । यस वर्ष सोनाम ल्होछार ३० माघमा परेको छ । शैलुङ गाउँपालिकाले अघिल्लो वर्ष पनि ल्होछार पर्वमा सार्वजनिक बिदा दिएकाे थियाे ।

Shares

Be the first to comment on "ल्होछार मनाउन तीन दिन सार्वजनिक बिदा"

Leave a comment

Your email address will not be published.


*