लोप हुँदै पानी घट्ट

राज कुमार भुजेल, चरिकोट ः नेपालमा आधुनिक प्रविधिको विकाससँगै पानीघट्ट लोप हुन थालेको छ । परम्परागत रूपमा सञ्चालन हुँदै आएको पानीघट्ट विभिन्न प्रकारका विद्युतीय उपकरणको प्रयोग बढेसँगै लोप हुन थालेको हो ।
पानीघट्ट एउटा परम्परा प्रविधिमा आधारित यन्त्र हो । पानीघट्टमा ओरालो जमिनमा लगभग १५ फिट लामो पाइपको माध्यमबाट पानी खसालि फाली तथा पंङखालाई पानीको बलले घुमाई माथिल्लो तल्लामा रहेको ढुङ्गे जातोलाइ घुमाए गहुँ मकै कोदो जस्ता अनाज पिस्ने गरिन्छ । प्रविधिको विकास सँगै गाउँघरमा नयाँ विद्युतीय मेसिन ले अनाज पिस्ने चलनबढ्दा पानी घट्ट विस्थापित हनु थालेको भिमेश्वर नगरपालिका वडा नं ७ का पानीघट्ट सञ्चालक रमेश भुजेलले बताउनु भयो । भुजेलले करिब १५ वर्ष अघि देखिपानीघट्ट सञ्चालन गर्दै आउनु भएको छ । पानीघट्टमा पिसेको पिठोको स्वाद निक्कै मिठोहुने ग्रामिण क्षेत्रमा वसोवास गर्नेहरुको भनाई छ । छिटो पिठो पिन्ने भएकोले मानिसहरुले पानी घट्टमा भन्दा मिलमानैं पिठो पिनेका कारण पानीघट्ट संकटमा परको भुजेलको भनाई छ । बर्खा मौसममा प्रशस्त पानी हुने तर हिउद महिनामा खोलानालामा पनी सुकि पानीघट्ट चलाउन समेत मुस्किल सिर्जना हुने गरेको उहाँको अनुभव छ ।

Shares

Be the first to comment on "लोप हुँदै पानी घट्ट"

Leave a comment

Your email address will not be published.


*