लोकतान्त्रिक गठबन्धनले भन्यो ः गठबन्धन मजबुत भएर जान्छ

चरिकोट(दीस) ः लोकतान्त्रिक गठबन्धनका नेताले दोलखामा गठबन्धनलाई मजबुुत बनाएर लैजाने बताएका छन् । विहिबार चरिकोटमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका नेताले सो जानकारी दिएका हुन्। गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार रहेका माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्कीले गठबन्धनले निर्वाचनमा दोलखाको विकासको मुद्धा लिएर जाने बताउनु भयो । दोलखामा गठबन्धन विजयी भएमा दिगो विकासको मुद्धालाई अघि लिएर जाने प्रतिबद्धता उहाँले जनाउनु भयो । गठबन्धन निर्वाचनपछि कसिलो भएर जाने पनि उहाँको भनाई रहेको छ । लोकतन्त्र र संविधानको रक्षाको लागि लोकतान्त्रिक गठबन्धन बनेको उहाँले बताउनु भयो । दोलखा प्रदेश सभा १ का उम्मेदवार एबंम नेपाली कांगे्रसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले गठबन्धन विजयी भएमा दोलखामा विकासको मुद्धाले पहिलो प्राथमिकता पाउने बताउनु भयो । संबिधानको रक्षा गर्न गठबन्धनको निर्माण भएको उहाँको जिकिर छ । त्यसैगरी दोलखा प्रदेश सभा २ का उम्मेदवार एबंम नेपाली कांगे्रसका पार्टी सभापति बर्मा लामाले शान्तिपूर्ण चुनाब हुनु पर्नेमा जोड दिनु भयो । स्थानीय चुनाबपछि दोलखामा गठबन्धन बलियो शक्तिको रुपमा स्थापित भएको लामाले दाबी गर्नु भयो । तिहार पछि गठबन्धन संयुक्त चुनाबी कार्यक्रम लिएर जाने उहाँले बताउनु भयो । गठबन्धनले उच्च स्तरीय चुनाब परिचालन कमिटी समेत गठन गरेको जनाएको छ ।

Shares

Be the first to comment on "लोकतान्त्रिक गठबन्धनले भन्यो ः गठबन्धन मजबुत भएर जान्छ"

Leave a comment

Your email address will not be published.


*