लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ दोलखाको नयाँ कार्य समिति गठन

चरिकोट(दीस) ः नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ दोलखाको नयाँ कार्यसमितिको गठन गरिएको छ । मंगलवारएक कार्यक्रमका विच नयाँ कार्य समितिको गठन गरिएको हो ।
नेपाली काँग्रेस दोलखाको भात्री संस्था रहेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ दोलखाको अध्यक्षमा अनिल तामाङ रहनु भएको छ । यस्तै पदाधिकारीहरुमा उपाध्यक्ष कृष्ण कुमार तामाङ (थोकर) तथा राजेस श्रेष्ठ, सचिव प्रदिप तामाङ तथा नवराज योन्जन तामाङ,सहसचिव राजकुमार श्रेष्ठ तथा निमागेली शेर्पा र कोषाध्य लिलादेबी जिरेल रहनु भएको छ । यसैगरी सदस्यहरुमा दिपक श्रेष्ठ, होमबहादुर मगर,राजेस योन्जन, विष्णु थामी,कविराज कुसुले, काजि गोले,गोमा थामी, टासी शेर्पा,बालकुमारी तामाङ,सुवास तामाङ, सागर जिम्बा,प्रेम जिरेल, सुनमायाँ तामाङ,कृष्णप्रसाद बाहादुर तामाङ र सीता श्रेष्ठ रहनु भएको छ । नवगठित कार्य समतिका पदाधिकारी तथा सदस्यहरुलाई नेपालीकाँग्रेस दोलखाका सभापति वर्मा लामाले सफल कार्यकालको शुभकाना दिँदै बधाई दिनु भएको थियो ।

Shares

Be the first to comment on "लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ दोलखाको नयाँ कार्य समिति गठन"

Leave a comment

Your email address will not be published.


*