लैङ्गिक हिंसा न्युनिकरणका लागि चरिकोटमा वक्तृत्वकला प्रतियोगिता

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर  २४ सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविमा लैङ्गिक हिंसा न्युनिकरण गर्ने अभिप्रायका साथ बुधबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दोलखाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको अभियानमा किशोर किशोरीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सर्व मावि जिलुकी लिला घतानी प्रथम भएकी छन् ।

उक्त प्रतियोगितामा भीमेश्वर नगरपालिकाभित्रका सामुदायीक तथा संस्थागत माध्यमिक विद्यालयका १० विद्यार्थीहरुले भाग लिगेका थिए । प्रतियोगितामा सर्व मावि जिलुकी लिला घतानी प्रथम, वुढाभीमेसेन मावि धरमघरकी सजिना दहाल द्धितिय हुन सफल भएका छन् ।

त्यसैगरि कालिञ्चोक माध्यमिक विद्यालयका सचिन खरेल तृतीय र भीम माध्यमिक विद्यालयकाकी प्रमिला गौतमले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाका संयोजक उद्धव पोखेरलले बताए ।

 

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, आवाज नेपाल दोलखाकी अध्यक्ष एवं महिला अधिकारकर्मी सिर्जना कार्की, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा  लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "लैङ्गिक हिंसा न्युनिकरणका लागि चरिकोटमा वक्तृत्वकला प्रतियोगिता"

Leave a comment

Your email address will not be published.


*