लालीगुँरास युवा क्लब जित्यो दोलखा जिल्ला लिगको उपाधि

दीक्षण समाचार
चरिकोट, मंसिर ११
दोलखा जिल्ला लिग फुटबलको उपाधि लालीगुँरास युवा क्लब चरिकोटले जितेको छ। शनिबार सम्पन्न भएको फाइनल खेलमा टाइगर तिम तिखातललाई ३–१ गोल अन्तरले पराजित गर्दै लालीगुँरास युवा क्लबले उपाधि जित्न सफल भएको हो । उपाधि जितेसगैँ क्लब ८० हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत भएको छ, भने प्रदेश स्तरीय प्रतियोगिताको लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । त्यसैगरी उपविजेता टिमलाई ४० हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्दमान श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ जिल्ला फुटबल संघ दोलखाको आयोजनामा भएको प्रतियोगितामा प्राविधिक सहयोग सहिद स्मृति आवसीय मा.वि र शेर्पा युनाइटेड फुटबल क्लबको रहेको थियो । प्रतियोगितामा लालीगुँरास युवा क्लबका डेनिश शिवाकोटी उत्कृष्ट गोलरक्षक, टाईगर टिम तिखातलका अर्माण थामी उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका छन् । जिरी स्पोटर््स क्बलका मनिस श्रेष्ठलाई हाई स्कोरर र लालीगुँरास युवा क्लबका रोशन श्रेष्ठलाई उत्कृष्ट कोचको रुपमा पुरस्कृत गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विषेश सहयोग भीमेश्वर नगरपालिका जिरी नगरपालिकाकालिञ्चोक गाउँपालिका बैतेश्वर गाउँपालिका खेलकुद विकास समिति दोलखा निता राउत फाउण्डेशनले गरेको थियो । मंसिर ७ गतेदेखि सुरुभएको प्रतियोगितामा जिल्लाको सात वटा क्लबको सहभागिता रहेको थियो ।

तस्बिर ः अर्जुन तामाङ

Shares

Be the first to comment on "लालीगुँरास युवा क्लब जित्यो दोलखा जिल्ला लिगको उपाधि"

Leave a comment

Your email address will not be published.


*