लामीडाँडाका १ सय ५० जेष्ठ नागरिकलाई वडाद्धारा सम्मान

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ७
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ लामिडाँडाले ७० औँ प्रजातन्त्र दिवसको अवसरमा १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
वडाले सम्मान कार्यक्रमको आयोजना गरि वडाका जेष्ठ नगारिकलाई १ थान ब्लाङकेट, १ थान टेक्ने लौरी र १ थान टर्च वितरण गरि सम्मान गरेको हो ।
वडाका अध्यक्ष निशान बुढाथोकीका अनुसार ६० वर्ष पुगेका दलित र अन्य ७० पुगेका जेष्ठनागरिकलाई सम्मान गरिएको हो । ८६ वर्षका जेष्ठ नागरिक मनराज बस्नेतलाई सम्मान गरि सम्मान कार्यक्रम सुरु गरिएको थियो । सम्मानित जेष्ठनागरिक बस्नेतले वडाले सम्मान गरेकोमा धन्यावाद दिदैँ जेष्ठ नागरिकलाई अझ सम्मानार्थ विभिन्न कार्यक्रममा गर्न आग्रह गरे । सम्मान कार्यक्रममा उपस्थित हुन नसक्नु भएका ९७ वर्षका जेष्ठनागरिकलाई भने घरमै पुगी सम्मान गर्ने उनले बताए । जेष्ठ नागरिकको सम्मानका लागि वडामा जेष्ठ नागरिक आरोग्य मिलन केन्द्र निर्माण गरिने योजना रहेको वडाध्यक्ष बुढाथोकीले बताए । जेष्ठ नागरिक मिलन केन्द्र निर्माणले जेष्ठ नागरिकहरु भेला भई भजन किर्तनका साथै अनुभव आदानप्रदान गर्न सक्नेछन् ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले आफ्ना आमाबुबा, हजुरबाहजुर आमालाई सबैले सधैँ सम्मान गर्न आग्रह गरे ।
कार्यक्रममा बौल्दै जेष्ठनागरिकको भूमिका समाज रुपान्तरणमा महत्वपुर्ण रहेकोले जेष्ठ नागरिकको निम्ति पालिकाले विषेश कार्ययोजना सहित अघि बढेको बताए । उनले जेष्ठ नागरिकलाई दया भन्दा पनि मनैदेखि माया गर्नुपर्ने बताए ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक, प्रमुख प्रसाशकिय अधिकृत नवराज ओली लगायत वडाका स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।

 

Shares

Be the first to comment on "लामीडाँडाका १ सय ५० जेष्ठ नागरिकलाई वडाद्धारा सम्मान"

Leave a comment

Your email address will not be published.


*